National life

नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइने भोलि अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
407Shares
नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइने भोलि अन्तिम दिन
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइने भोलि अन्तिम दिन रहेकाे छ । कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको योजना सार्वजनिक गरेको हाे ।

कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत १८० वा सोभन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी व्यतित भएका बीमालेखहरुमा जेठ १० गतेदेखि असार २२ गतेसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ ।

निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये २ बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा १० प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
407SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?