National life

रिलायबल नेपाल लाइफको एजेन्सी सम्मान कार्यक्रम सम्पन्न, विभिन्न विधामा अभिकर्ता सम्मानित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
615Shares
रिलायबल नेपाल लाइफको एजेन्सी सम्मान कार्यक्रम सम्पन्न, विभिन्न विधामा अभिकर्ता सम्मानित
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा एजेन्सी सम्मान, छैटौं बार्षिकोत्सवतथा तीज भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एक भव्य समारोहका बिच काहूँ धरहरा रिसोर्ट धरहरा, पोखरा ११, काहूँडाँडामा भदौ १५, गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक बर्ष २०७९/८० को विविध बिधामा उत्कृष्ठ ब्यवसाय गर्न सफल हुने एमडीआरटी , करोडपति एजेन्सी , सिनिएर एजेन्सी ,एजेन्सी ,र क्लब सदस्यहरु तथा नव उदयमान अभिकर्ताहरुलाई आकर्षक अवार्ड तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थामा कार्यरत उच्च पदस्थ ब्यक्तित्वहरु सहित करिब ७० जनाको उपस्थिति रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रमुख अतिथीबाट दिप प्रज्ज्वलन गरि औपचारिक रुपमा कार्यक्रम शुरु भएको हो । पोखरा शाखामा कार्यरत जयन्ती रिजालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यस्तै, ज्ञानु कुँवर, मीन बहादुर गुरुङ (एमडीआरटी २०२४), बिष्णु प्रसाद तिवारी , मन्जु नेपाली लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता पोखरा शाखाका प्रमुख सूर्य सुमन थापाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स गण्डकीका प्रदेशका प्रमुख सरोज अधिकारी रहेका थिए भने विशेष अतिथिमा रामपुर शाखाका प्रमुख ज्ञानु कुँवर, एमडीआरटी तथा करोडपती एजेन्सी मीन बहादुर गुरुङ ,करोडपति एजेन्सी नितु बाँनियाँ बस्नेत , एमडीआरटी याम कुमारी गुरुङ , सिनिएर एजेन्सी लक्ष्मी कुँवर, समाज सेवी बिष्णु प्रसाद तीवारी, जनप्रतिनिधि मन्जु नेपाली तथा सोही रिसोर्टका संचालक देव गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

यस्ता कार्यक्रमहरुले ब्यवसाय प्रबर्द्धनमा उल्लेख्य भुमिका खेल्ने जिकिर गर्दै आगामी दिनमा पनि हौशला बढाउनको लागि कम्पनीले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रदेश प्रमुख सरोज अधिकारीले जानकारी दिए ।

करीब ३ घण्टासम्म चलेको उक्त कार्यक्रममा मानवीय जीबनमा, जीवन बीमाको महत्वपूर्ण भुमिका रहेको र जीवन बीमा पनि ठूलो मानव सेवाको काम भएकोले जीबनमा यो पूण्य कर्म गर्न ढिला गर्न नहुने समेत बताउदै कार्यक्रमका अध्यक्ष सूर्य सुमन थापाले कार्यक्रमको औपचारिक समापन गरेका थिए । उक्त कार्यक्रमको संचालन आशिष तमु सागरले गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?