National life

रिलायबल नेपाल लाइफले आइपीओ निष्काशन गर्दै, कहिलेदेखि दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
1.3kShares
रिलायबल नेपाल लाइफले आइपीओ निष्काशन गर्दै, कहिलेदेखि दिने आवेदन ?
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्ने भएको हाे ।

कम्पनीले १ सय रुर्पयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा आइपीओ निष्काशन गर्न लागेको हो। यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्नेछ ।

निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?