National life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
573Shares
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ १५ गतेबाट सेवा शुभारम्भ गरेको थियो ।

कम्पनी ऐन २०६३ र बीमा ऐन २०४९ अन्तर्गत २०६४ सालमा दर्ता भएको कम्पनी सातौं वर्षमा प्रवेश गरेको हाे ।

सातौं वार्षिकोत्सवको अवसरमा सोमबार कम्पनीले वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियामक निकाय, शेयरधनी, कर्मचारी, सरोकारवाला एवं शुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ र बीमा कोषमा ६ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

नेपाली जनताले बीमाको लाभ लिनुपर्छ भन्ने उद्देश्यले कम्पनी स्थापना गरिएको अध्यक्ष उदय नेपाली श्रेष्ठले बताए । बीमितहरुलाई अधिकतम आर्थिक सुरक्षा र बोनस लगायत सम्पूर्ण रुपमा लाभान्वित गर्ने कम्पनीले वार्षिकोत्सवको अवसरमा प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीका हरेक शूचांकहरु राम्रो रहेको प्रमुख कार्यकारी अधिकृत लोहनी बताउँछन् । ‘कम्पनी अपरेसनमा आएको दिनदेखि सर्वाधिक नम्बरको बीमा बेच्न सफल भएका छौं,’ उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?