National life

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
520Shares
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको हो ।

मंगलबार धनगढी कैलालीमा आयोजित एक कार्यक्रममा बीमित स्व. शिव प्रसाद खत्रीको श्रीमती इन्द्रा देवी खत्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त रकमको चेक कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले इन्द्रादेवी खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

स्व. खत्रीले बीमालेख नं.एफई१०००५१३६५४ अन्तर्गत रहि वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । उनको गत बैशाख १८ गते मलेसियामा मृत्यु भएको थियो ।

यससँगै कम्पनीले बीमितले इच्छाएको व्यक्ति श्रीमती इन्द्रादेवी खत्रीलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाख रुपैयाँ दिएको हो ।

उक्त मृत्युदावी रकम भुक्तानी कार्यक्रममा आम सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश समेत पारेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?