National life

साउनमै जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्ब २२ करोड प्रिमियम, कुन कम्पनीले कति ?

जीवन बीमा कम्पनीको कमाइ सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|२४ भदौ २०८३, बुधबार
1.3kShares
साउनमै जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्ब २२ करोड प्रिमियम, कुन कम्पनीले कति ?
ncell

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्ममा २६ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले साउन महिनासम्म उक्त रकम बराबरको कुल बीमाशुल्क संकलन गरेका हुन्।

साउनसम्मको कुल बीमाशुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले यस अवधिमा ६ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ। कम्पनीले साउनसम्ममा ३ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीमा नागरिक लगानी कोषबाट एक वर्षको एकमुष्ट रकम प्राप्त भएकाले यसको बीमाशुल्क आर्जन तुलनात्मक रूपमा उच्च देखिएको हो।

कुल बीमाशुल्क आर्जनका आधारमा नेशनल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। कम्पनीले साउनसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्स २ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै चौथो स्थानमा रहेको छ।

यसरी साउन महिनासम्मको तथ्यांक हेर्दा जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन २६ अर्ब रुपैयाँभन्दा माथि पुगेको देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?