काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीनव बीमा कम्पनीले चालु आवको ७ महिनासम्ममा झण्डै एक खर्ब प्रिमियम संकलन गरेका छन् ।
यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनाामा ९.७९ प्रतिशत बढी हो ।
माघ महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले यस अवधिसम्म २६ अर्ब ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १२.०६ प्रतिशत बढी हो ।
त्यस्तै, दोस्रोमा नेशनल लाइफले बढी प्रिमियम संकलन गरेको रहेको छ ।कम्पनीले यस अवधिसम्म ११ अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो रकम गत आवको तुलनामा ११.७८ प्रतिशत बढी हो ।
साथै यस अवधिमा एलआइसी नेपालले ११ अर्ब १७ करोड, हिमालयन लाइफले ९ अर्ब ९० करोड, सुर्यज्योति लाइफले ५ अर्ब ९५ करोड, एशियन लाइफले ५ अर्ब ७ करोड, सिटिजन लाइफले ३ अर्ब ९८ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड, मेट लाइफले ३ अर्ब ३७ करोड, आइएमई लाइफले २ अर्ब ९० करोड, प्रुभ महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।



































