काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडकी नवलपरासी शाखामा कार्यरत प्रभा ज्ञवालीले आर्थिक वर्ष २०८३/८४ को ‘चेयरम्यान क्लब’को पहिलो छनोट पूरा गर्न सफल भएकी छन्।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार ज्ञवालीले केवल २७ दिनमै ‘चेयरम्यान क्लब’का लागि आवश्यक लक्ष्य पूरा गर्दै पहिलो योग्य सदस्य बन्न सफल भएकी हुन्। उनलाई कम्पनीले उत्कृष्ट कार्यसम्पादनका लागि बधाई तथा सम्मान व्यक्त गरेको छ।
ज्ञवालीले एलआईसी नेपालको ‘नेपाल फर्स्ट सीएमआई क्लब २०८३/८४’ अन्तर्गत यो उपलब्धि हासिल गरेकी हुन्।
छोटो अवधिमै लक्ष्य पूरा गर्दै क्लबको पहिलो छनोटमा पर्न सफल भएको उपलब्धिलाई कम्पनीले उनको निरन्तर मेहनत, समर्पण र व्यावसायिक सफलताको उदाहरणका रूपमा प्रस्तुत गरेको छ।
कम्पनीले सफलताका लागि मेहनत, लक्ष्यप्रतिको प्रतिबद्धता र निरन्तर प्रयास महत्वपूर्ण हुने उल्लेख गर्दै ज्ञवालीको उपलब्धिले अन्य अभिकर्ता तथा कर्मचारीलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।


































