National life

विभिन्न तहका कर्मचारी माग्दै राष्ट्रिय जीवन बीमा कम्पनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१९ असार २०८३, शुक्रबार
1.5kShares
विभिन्न तहका कर्मचारी माग्दै राष्ट्रिय जीवन बीमा कम्पनी
ncell

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ। कम्पनीले सूचना प्रकाशित गर्दै कुल ३६ पदमा आवेदन खुला गरेको जनाएको हो।

सूचनाअनुसार सह–व्यवस्थापक, सहायक व्यवस्थापक तथा सहायक तहका पदहरूमा प्रशासनिक र प्राविधिक सेवा अन्तर्गत विभिन्न समूहमा भर्ना गरिनेछ। प्रशासनतर्फ ७, लेखातर्फ १८, कानूनतर्फ १, चार्टर्ड एकाउन्टेन्ट (सीए) समूहमा ४, एक्चुरी समूहमा ३ र सूचना प्रविधि समूहमा ३ जनाको माग गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक उम्मेदवारहरूले निर्धारित शुल्कसहित २१ दिनभित्र आवेदन दिन सक्नेछन्। थप समय चाहिनेले दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

लिखित परीक्षा लोक सेवा आयोगमार्फत सञ्चालन हुने जनाइएको छ। परीक्षा मिति र केन्द्रसम्बन्धी जानकारी पछि सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?