National life

राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओ पदमा लागि चार जनाको नाम सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
995Shares
राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओ पदमा लागि चार जनाको नाम सिफारिस
ncell

काठमाडौँ ।  राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा गरिएको दरखास्त आह्वानमा छनौटका लागि चार जनाको नाम सिफारिस गरिएको छ।

उक्त पदका लागि खुला प्रतियोगिताद्वारा छनोट प्रक्रिया अगाडि बढाइएको थियो । छनोटका लागि सिफारिस हुनेमा महेश रिमाल, राजुनाथ खनाल, रामदेब यादव र सुन्दर पन्थी रहेका छन्। चारै जनालाई माघ ४ गते प्रस्तुतीकरण र ५ गते अन्तर्वार्ताका लागि राष्ट्रिय जीवन बीमा कम्पनीको कार्यालय रामशाहपथमा बोलाइएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले पहिलो पटक खुलाएको आवेदनमा सहभागी भएका प्रतिस्पर्धी सबै जना फेल भएपछि मंसिर ६ गते दोस्रो पटक पुनः विज्ञापन खुलाएको थियो। सोही विज्ञापनमा आवेदन दिएकामध्येबाट माथि नाम उल्लेखित चार जनाको नाम प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस गरिएको हो।

चारै जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता सकिएपछि कम्पनीमा नयाँ सिईओको टुङ्गो लाग्ने भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
995SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?