काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि प्रिमियममा आईपिओ बिक्री खुल्ला गर्ने भएको हाे । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि कुल १ करोड १० लाख कित्ता शेयर बराबरको आईपीओ निष्काशन गरेको छ । सो आईपीओमा साउन २३ गतेदेखि २६ गते बैंक समयसम्म आवेदन दिन सकिने छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिएका थिए । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
































