काठमाडौं । आज बुधवारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ मा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजार ६ कारोबार भइरहेको छ ।
हिजो मंगलबारका दिन घटेको सुन आज प्रतितोला ६ सय ५० रुपैयाले बढेको हो । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।


































