National life
cg eloctronics

आर्थिक वर्ष सुरु भएको १५ दिनमै २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
1.2kShares
आर्थिक वर्ष सुरु भएको १५ दिनमै २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन
muktinatha bikash bank

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व, गैर राजश्व, भन्सार शुल्क गरी साउन १५ गतेसम्ममा कूल २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको हो ।

यस अवधिमा राजस्वतर्फ १७ अर्ब ४० करोड ५० लाख रुपैयाँ (लक्ष्यको १.२२ प्रतिशत) उठेको छ भने अन्य स्रोतमार्फत ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ सङ्कलन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राजस्वतर्फको दुई शीर्षक भन्सार राजस्व र गैर–राजस्वमार्फत क्रमशः १६ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र ९४ करोड ८२ लाख रुपैयाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ लाख २१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले खर्च व्यहोर्ने स्रोतमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

हालसम्म सङ्कलित राजस्व कूल लक्षित राजस्वको १.४५ प्रतिशतको उपलब्धि हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?