काठमाडौं । जाडो याम सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले Crompton ब्रान्डले नेपाली बजारका लागि नयाँ Storage Water Geyser मोडेलहरू सार्वजनिक गरेको छ। नेपालमा Crompton उत्पादहरूको आधिकारिक वितरक CG Electronics ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ।
Crompton का गिजरहरू दिगोपन, स्थिर Heating Performance र सुरक्षित Heating System का कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन्। यस वर्ष बजारमा आएको ‘Acenza Plus’ (ASWH-6115/6125) र ‘Solarium Care’ (ASWH-3915/3925) श्रृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो Heating Experience प्रदान गर्ने कम्पनीको दाबी छ।
जाडोमा सुरक्षित र भरपर्दो तातोपानी अनुभव
कम्पनीका अनुसार, नयाँ मोडेलहरू Storage Heating Technology मा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ।
नयाँ मोडेलका प्रमुख विशेषताहरू
Crompton का दुवै नयाँ मोडेलमा उपभोक्ता आवश्यकतालाई ध्यानमा राख्दै निम्न उच्चस्तरीय विशेषताहरू सामूहिक रूपमा समावेश गरिएको छ:
Solarium Care Series : 5-Star Energy Rating समावेश गरिएको छ, जसले विद्युत् खपत कम गर्दै ऊर्जा–दक्ष तथा लागत–मैत्री Heating Experience प्रदान गर्छ। दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त मानिन्छ।
देशभरका CG Digital शो–रूमहरू, CG Electronics डिलर नेटवर्क, तथा प्रमुख E-commerce प्लेटफर्महरूमा नयाँ Crompton गिजरहरूको बिक्री सुरु गरिएको छ। CG Electronics ले After-sales Service, Installation Support, तथा Spare Parts उपलब्धतालाई प्राथमिकतामा राख्दै सहज र छिटो ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।


































