National life

क्रम्प्टनले सुरु गर्यो अल्टिमेट विंटर ब्रेक : मुम्बईमा आइसीसी टि २० विश्वकपमा नेपालको खेल हेर्ने सुनौलो मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
1.1kShares
क्रम्प्टनले सुरु गर्यो अल्टिमेट विंटर ब्रेक : मुम्बईमा आइसीसी टि २० विश्वकपमा नेपालको खेल हेर्ने सुनौलो मौका
ncell

काठमाडौँ। घर घरमा विश्वासको साथी बनेको ब्रान्ड क्रम्प्टनले यस चिसो याममा ग्राहकहरूका लागि रोमाञ्चको नयाँ आयोजना लिएर आएको छ। द अल्टिमेट विंटर ब्रेक अभियान अन्तर्गत अब ग्राहकहरूले क्रम्प्टनको उत्पादन खरिद गर्दै मुम्बईको वानखेडे स्टेडियममा आइसिसी टि २० विश्वकप २०२६ को नेपाली टिमको खेल प्रत्यक्ष हेर्न पाउने ठूलो अवसर पाउनेछन्।

यो पहलले जाडोको दिनहरूलाई क्रिकेटको जोस र यात्राको रोमाञ्चले भरिपूर्ण बनाउने लक्ष्य राखेको छ। क्रम्प्टनले घरेलु आराम दिने र ग्राहकलाई अविस्मरणीय जीवनानुभव दिन यो अभियान सुरु गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुरस्कार : मुम्बईको ५ दिने रोमाञ्चक यात्रा

यस अभियानको विजेताले आफ्ना लागि मुम्बईको पाँच दिने सम्पूर्ण यात्रा प्याकेज जित्नेछन्। यसको सबैभन्दा आकर्षक पक्ष भनेको वानखेडे स्टेडियमको दर्शक दर्गामा बसेर विश्वकपको जोसिलो वातावरणमा नेपालको खेल हेर्न अनमोल अवसर हो।

यो लक ड्रमा सहभागी हुन क्रम्प्टनको कुनै पनि उत्पादन खरिद गरेपछि, दिइएको वारेन्टी कार्डको जानकारी प्रयोग गरेर एसएमएस गर्न सकिने छ। क्रम्प्टन [स्पेस] वारेन्टी कार्ड नं. [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेखी ३१००३ मा एसएमएस पठाउनु पर्ने कम्पनीले जनाएको छ।

यो अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। सबै नियम र सर्तहरू लागू हुनेछन्।

क्रम्प्टन दक्ष र विश्वसनीय घरेलु उपकरणहरूको ब्रान्ड हो जसले नेपाली परिवारहरूको दैनिक जीवन सहज बनाउन दिगो सेवा दिँदै आएको छ। नेपालमा उपभोक्ता इलेकट्रोनिक्स तथा घरेलु उपकरणको अग्रणी वितरक, सिजी इलेकट्रोनिक्सले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू पुर्‍याउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?