National life
cg eloctronics

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य भने यथावत्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
1.5kShares
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य भने यथावत्
muktinatha bikash bank

चितवन । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ। संघले बिहीबार पोखरामा बसेको बैठकबाट नयाँ मूल्य निर्धारण गर्दै विभिन्न आकारका अण्डाको होलसेल मूल्य प्रतिपेटी १०० देखि २०० रुपैयाँसम्म बढाएको हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँले बढेको छ भने सानो अण्डाको मूल्य १०० रुपैयाँले वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि ६ कात्तिकमा काठमाडौंमा बसेको बैठकले निर्धारण गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गरिएको हो।

कुन अण्डाको मूल्य कति पुग्यो?

नयाँ समर्थन मूल्यअनुसार १४.५ देखि १४.८ किलो तौल भएको एक्सएल अण्डाको मूल्य प्रतिपेटी ३ हजार ७०० रुपैयाँबाट बढेर ३ हजार ९०० रुपैयाँ पुगेको छ।

everest bank

त्यस्तै, १३.५ देखि १३.८ किलो तौलको ठूलो अण्डाको मूल्य ३ हजार ६०० रुपैयाँबाट बढेर ३ हजार ८०० रुपैयाँ कायम भएको छ। १२.५ देखि १२.८ किलो तौलको मिडियम अण्डाको मूल्य पनि ३ हजार ५०० रुपैयाँबाट बढेर ३ हजार ७०० रुपैयाँ पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए।

त्यसैगरी, ११ किलोभन्दा माथिको सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार १०० रुपैयाँबाट बढेर ३ हजार २०० रुपैयाँ कायम गरिएको छ।

उपभोक्ता मूल्य भने यथावत्

होलसेल मूल्य बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने तत्काल परिवर्तन गरिएको छैन। संघले ठूलो अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डाको मूल्य दुई गोटाको ४५ रुपैयाँ कायम गरेको छ।

अध्यक्ष पोखरेलका अनुसार फार्म मूल्य प्रतिपेटी २०० रुपैयाँसम्म बढे पनि खुद्रा बजारमा उपभोक्ताले तिर्ने मूल्य यथावत् राखिएको छ।

चाडपर्वसँगै चिसो मौसम सुरु भएपछि अण्डाको खपत बढेको र बजारमा माग उच्च रहेकाले समर्थन मूल्य समायोजन गरिएको संघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?