National life
cg eloctronics

फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत ३ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छन्। धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उनले फूलखेती सुरुवात गरेकी हुन्।

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१३ असोज २०८३, मङ्गलबार
975Shares
फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला
muktinatha bikash bank

धनगढी- धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत ३ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छन्। धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उनले फूलखेती सुरुवात गरेकी हुन्।

न्यू बण्डोली नर्सरी कर्न्सन फार्ममार्फत फूलखेती गर्दै आएकी सुशीला हाल फूलखेतीबाट आत्मनिर्भर बन्नुको साथै आम्दानीसमेत गर्दै आएकी छन्। पाँच लाख रुपैयाँ लगानीबाट सुरु गरेकी सुशीलाको फूलखेती व्यवसायमा अहिले ५० लाख रुपैयाँ लगानी पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

दुई बिघा क्षेत्रफल जमिन लिजमा लिई व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी सुशीलाले वार्षिक रुपमा ५० लाख रुपैयाँको कारोबार गर्दै आएको जानकारी दिइन्। फूलका बिरुवा हुर्काउने, गोडमेल गर्नेदेखि लिएर हेरचाहको लागि ११ जना स्थानीयलाई समेत रोजगार दिएकी छन्। मासिक रुपमा उनीहरुलाई एक लाख ८० हजार रुपैयाँ उनीहरुको तलबमा खर्च हुने गरेको छ। जसबाट सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँ बचत हुने गरेको उनको भनाइ छ।

everest bank

“१० जना परिवारको सम्पूर्ण खर्च यसै व्यवसायबाट धान्दै आएको छु”, उनले भनिन्, “फूलखेतीबाट आम्दानी राम्रो हुँन थालेपछि अहिले आर्थिक अवस्था सुधारसँगै आत्मनिर्भर भएकी छु ।” प्रतिकिलोग्राम ४ सयमा फूल बिक्री गर्दे आएकी सुशीलाले कैलाली, कञ्चनपुरसहित प्रदेशका नौवटै जिल्लामा फूल बिक्री गर्दै आएको बताइन् । उनले कहिलेकाहीँ मागअनुसार बिक्रीको लागि काठमाडौँसमेत पठाउने गरेकी छन्। उनले हाल धनगढी उपमहानगरपालिकाको परिसरमा फूल बिक्री केन्द्र राखेर फूल, फूलको माला, बुके, गुच्छासहित फूलका सामग्री बिक्री गर्दै आएकी छन्।

सुशीलाको फूलखेतीमा हाल सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला, ग्याडुलमलगायत विभिन्न जातिका फूल रहेका छन । उनले फूल बिक्रीसँगै फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्दै आएको बताइन्। पछिल्लो समय धनगढीमा फूल तथा सजावटका सामग्रीको माग बढ्दै भएको छ। उनले उत्पादन गरेको फूल विवाह, व्रतबन्ध, विभिन्न औपचारिक कार्यक्रम, धार्मिक तथा सांस्कृतिक पर्व, विद्यालयमा हुने गरेका विभिन्न कार्यक्रम र अन्य शुभकार्यमा प्रयोग हुने गरेको उनले बताइन्।

उनले सुरु गरेकी फूलखेतीले स्थानीयस्तरमै कृषि उद्यम गर्न चाहने अन्य व्यक्तिलाई समेत प्रेरणाको दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
975SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?