National life

उपभोक्ता सुरक्षामा कडाइ: नक्कली सामान बेच्नेलाई कारबाही चेतावनी

नक्कली उत्पादन नियन्त्रणमा सरकार सक्रिय, एक सयभन्दा बढी सामान बरामद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
875Shares
उपभोक्ता सुरक्षामा कडाइ: नक्कली सामान बेच्नेलाई कारबाही चेतावनी
ncell

काठमाडौं । बजार अनुगमनका क्रममा ठूलो मात्रामा शंकास्पद नक्कली उत्पादन भेटिएपछि सरकारले त्यस्ता वस्तुको बिक्री–वितरणमा कडाइ गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले नक्कली उत्पादनको कारोबार तुरुन्त रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएकी छन्। मन्त्रीको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै करिब एक सयभन्दा बढी शंकास्पद उत्पादन नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका वस्तुको गुणस्तर तथा मौलिकता पुष्टि गर्न प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
परीक्षण प्रतिवेदनपछि सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष सरोकार रहने भएकाले नक्कली उत्पादनको कारोबारमा कुनै पनि लापरबाही सह्य नहुने स्पष्ट पारेकी छन्। दोषी पाइए कानुनबमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिएकी छन्।

विभागका महानिर्देशक मोति सापकोटाका अनुसार बजारमा अझै पनि नक्कली वस्तुको कारोबार भइरहेको जानकारी प्राप्त भइरहेकाले नियमित अनुगमनलाई निरन्तरता दिइएको छ।

साथै, उपभोक्तालाई शंकास्पद वा नक्कली वस्तु देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन विभागले आग्रह गरेको छ। बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री यादवले बताएकी छन्।

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?