National life

अमेरिकाले युक्रेनलाई २० अर्ब डलर आर्थिक सहयोग उपलब्ध गराउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ मंसिर २०८१, बुधबार
1.1kShares
अमेरिकाले युक्रेनलाई २० अर्ब डलर आर्थिक सहयोग उपलब्ध गराउने
ncell

काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सहयोग उपलब्ध गराउने भएको छ । बीबीसीका अनुसार यो कोष अमेरिकाले रूसबाट जफत गरेको सम्पत्तिबाट दिन लागेको हो ।

यो आर्थिक सहायता ५० अरब डलर प्याकेजको एक भाग हो जसको घोषणा जी७ समूहका सदस्य देशहरूले जुनमा गरेका थिए । जफत गरिएका सम्पत्तिबाट आर्थिक सहायता दिनुको मतलब रसियाले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने भएको अमेरिकाको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकाले २० अर्ब डलरको रकम विश्व बैंकको कोषमा जम्मा गरिसकेको र त्यहींबाट त्यो रकम युक्रेनलाई उपलब्ध गराउने बताइएको छ ।

अमेरिकामा हालसालै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले राष्ट्रपति कार्यभार सम्हाल्ने बित्तिकै रसिया–युक्रेन युद्धलाई सकेसम्म चाँडो अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यही अवस्थामा अमेरिकाले उक्त सहयोगको घोषणा गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?