National life

ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहेको उत्तर कोरियाली सेनाको भनाइ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ असोज २०८१, सोमबार
611Shares
ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहेको उत्तर कोरियाली सेनाको भनाइ
ncell

काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरुलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरु ‘पूर्ण रुपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ । आणविक हतियार सम्पन उत्तर कोरियाले दक्षिण कोरियालाईलाई आफ्नो राजधानीमाथि ड्रोन उडाएर ‘उत्तेजक अफवाह र फोहोर’ भरिएका प्रचार पर्चाहरु खसालेको आरोप लगाउँदै आइतबार यदि अर्को ड्रोन पत्ता लागे यसलाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ ।

सोलको सेनाले यसअघि नै उडानहरुको पछाडि आफ्नो हात रहेको भन्ने दाबीलाई अस्वीकार गरेको छ । सामान्यतया बेलुनद्वारा लामो समयदेखि प्रचार सामग्री र अमेरिकी मुद्रा उत्तरतर्फ पठाउँदै आएका कार्यकर्ता समूहहरुमा दक्षिणका स्थानीयहरुको अनुमानहरु केन्द्रित छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यद्दपि, उत्तरले सोललाई आधिकारिकरुपमा दोषी ठहर गर्दै आइतबार राति पहिले नै युद्धको स्थितिमा रहेका ८ तोपखाना ब्रिगेडलाई ‘पूर्ण रुपमा गोली चलाउन तयार रहन’ भनेको छ र प्योङयाङमा हवाई निगरानी चौकीहरु सुदृढ पारेको घोषणा गरेको छ ।

हालैका दिनहरुमा प्रचार ड्रोनहरुले राजधानीको हवाई क्षेत्रमा ३ पटक प्रवेश गरेको प्योङयाङले दाबी गरेको छ । साथै, नेता किम जोङ उनकी बहिनीले तिनीहरु नरोकिए भयानक विपत्ति’ को धम्की दिएकी छिन् ।

उनले यस्तै ३ वटा लगातार वक्तव्य जारी गर्दै दक्षिण कोरियाली सेनालाई उत्तर कोरियाली हवाई क्षेत्रको कथित उल्लङ्घनको पुनारवृत्ति रोक्न उपायहरु अपनाउन आग्रह गरेका छन् । जेसिएसले सोमबार सोलका सेना सीमापार पठाउनका लागि जिम्मेबार रहेको न पुष्टि गरेको छ न त अस्वीकार नै गरेको छ बरु उत्तरको दाबीलाई ‘लज्जास्पद’ भनेको छ ।

उत्तरले प्योङयाङको आकाशमा ड्रोनको उत्पत्तिसमेत पुष्टि गर्न सक्दैन तर दक्षिणलाई दोष लगाइरहेको छ– त्यसैबेला दक्षिणतर्फ १० पटक ड्रोन पठाएको विषयमा मुख बन्द गरेर बसेको छु, प्रवक्ता लीले भने, यो लज्जास्पद दाबीबाहेक केही होइन ।

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?