National life

नयाँदिल्लीको मुख्यमन्त्री रेखा गुप्ता,रामलीला मैदानमा शपथ ग्रहण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ फागुन २०८१, बुधबार
549Shares
नयाँदिल्लीको मुख्यमन्त्री रेखा गुप्ता,रामलीला मैदानमा शपथ ग्रहण
ncell

काठमाडौं । नयाँदिल्लीको मुख्यमन्त्री रेखा गुप्ता हुने भएकी छन् । आज साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो । ओमप्रकाश सहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार मध्याह्न रामलीला मैदानमा हुने बताइएको छ ।गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?