National life

नेपाली भविष्य वक्ता बिहंगम राजले गरे डोनाल्ड जोन ट्रम्पले चुनाव जित्ने भविष्यवाणी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
628Shares
नेपाली भविष्य वक्ता बिहंगम राजले गरे डोनाल्ड जोन ट्रम्पले चुनाव जित्ने भविष्यवाणी
ncell

काठमाडौँ। नेपालका विख्यात अन्तर्राष्ट्रिय भविष्यवक्ता अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सफल ज्योतिष पण्डित बिहंगम राज तिमल्सिनाले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड जोन ट्रम्पले जित्ने भविष्यवाणी गरेका हुन्।

दूरदर्शी फेस रिडर भविष्यवक्ता ज्योतिष पण्डित तिमिल्सिनाले अमेरिकी राष्ट्रपति चुनावमा कमला ह्यारिस र डोनाल्ड जोन ट्रम्पमा ट्रम्पले जित्ने भविष्यवाणी गरेका हुन्। उनले आजभन्दा दुई महिना अगाडि नै यो भविष्यवाणी गरेका रहेछन्।

भविष्य वक्ता तिमिल्सिना अहिले अमेरिकामै रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले दुई महिना अगाडि गरेको भविष्यवाणीको भिडियो क्लिप्स डोनाल्ड ट्रम्पले पनि हेरेको भन्ने कुरा स्वयं भविष्यवक्ता तिमिल्सिनाले जानकारी गराएका छन्।

उनले डोनाल्ड ट्रम्पले जित्ने भविष्यवाणी गरिरहँदा अमेरिकाको मत सर्वेक्षणले भने कमला हरिसले जित्ने देखाएको छ। मत सर्वेक्षणले कमला हरिसले जित्ने देखाएको छ भने भविष्यवक्ता तिमिल्सिनाले चाहिँ ठोकुवा नै गरेर १०० प्रतिशत नै डोनाल्ड ट्रम्पले जित्ने अहिले अमेरिकाको बसाइकै क्रममा स्वयं उनले नै जानकारी गराएका छन्।

देश विदेशमा गरेर हजारभन्दा बढी भविष्यवाणी गरिसकेका एउटा पनि भविष्यवाणी फेल नभएको जनाउने भविष्यवक्ता तिमिल्सिनाले गरेको भविष्य भविष्यवाणी पूरा हुन्छ वा हुँदैन यो चासोको विषय बनेको छ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?