National life

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई प्रदान गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ असोज २०८१, सोमबार
510Shares
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई प्रदान गरिने
ncell

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोबिन्सनलाई पुरस्कार समितिले पुरस्कृत गर्ने निर्यण गरेको छ ।

संस्थाहरूको निर्माण र तिनले कसरी समृद्धिलाई प्रभावित गर्छन् भन्ने अध्ययनका लागि अर्थशास्त्रीत्रयलाई पुरस्कार गरिएको हो ।

यी तीनै जना अर्थशास्त्रीहरूले संस्थाहरू कसरी बन्छन् र समृद्धिमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा गरेको गहन अध्ययनका लागि यो पुरस्कार जित्न सफल भएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले यो घोषणा गर्दै अनुसन्धानले हामीलाई संस्थाहरूको महत्त्व बुझ्न र समाजमा आर्थिक वृद्धिलाई बढावा दिन कसरी काम गर्न सकिन्छ भन्ने बारेमा गहिरो अन्तर्दृष्टि प्रदान गरेको बताएको छ ।

असिमोग्लु, जोनसन र रोबिन्सनको अनुसन्धानले कुनै पनि देशको आर्थिक वृद्धि र समृद्धि त्यहाँका संस्थाहरू कस्ता छन् भन्ने कुरामा निर्भर गर्दछ भन्ने कुरा देखाउँछ । उनीहरूले इतिहासका विभिन्न कालखण्ड र विश्वका विभिन्न भागहरूमा भएका घटनाहरूको अध्ययन गरेर यस बारे निष्कर्ष निकालेका हुन्।

पुरस्कार पाउने डारोन असिमोग्लु म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीसँग आबद्ध छन् भने साइमन जोनसन एमआईटी स्लोन स्कूल अफ मैनेजमेन्टसँग आबद्ध छन् । अर्का अर्थशास्त्री जेम्स रोबिन्सन हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री हुन् ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?