National life

शैक्षिक मेला रोकिए पछि १५ करोड क्षति दाबीसहित मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
1.5kShares
शैक्षिक मेला रोकिए पछि १५ करोड क्षति दाबीसहित मुद्दा दायर
ncell

स्पष्ट आधारबिना काठमाडौं महानगरपालिकाले राजधानीको शैक्षिक मेला रोकेको आरोप लगाउँदै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले १५ करोड रुपैयाँबराबरको क्षति दाबीसहित मुद्दा दायर गरेको छ। आइतबार हिसानद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार मेला रोकिँदा भएको १५ करोड रुपैयाँबराबरको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ।

हिसानले जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना गरेको थियो। तर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै मेला स्थलबाटै विद्यार्थी भर्ना गरिएको, उनीहरूको नाम दर्ता गरेको तथा शुल्कबारे जानकारी दिइएको आरोप लगाउँदै महानगरपालिकाले सोही दिन मेला बन्द गराएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महानगरपालिकाले मेला सञ्चालन गर्नुअघि नै सार्वजनिक सूचना जारी गरेर एसईईको नतिजा नआएसम्म कक्षा ११ को शुल्क निर्धारण तथा भर्ना प्रक्रिया सुरु नगर्न निर्देशन दिएको थियो। तर मेला आयोजकले आफूहरूको निर्देशनको अवज्ञा गरेको महानगरपालिकाको दाबी छ।

पत्रकार सम्मेलनमा हिसान, प्याब्सनलगायतका निजी शिक्षालय सञ्चालक सम्बद्ध नौ वटा संस्थाका प्रतिनिधिले स्पष्ट कानुनी आधारबिना महानगरपालिकाले मेला रोकिएको जिकिर गरेका छन्।

मेला स्थगित भएपछि भृकुटीमण्डपस्थित सभा हलमा महानगरपालिकाले ताला लगाएको छ। मेलाका लागि तयार स्टल पनि त्यत्तिकै छन्। गोरखापत्र दैनिकबाट

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?