National life

२०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाका रंगशालामा सञ्चालन हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ जेठ २०८०, बिहिबार
1.7kShares
२०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाका रंगशालामा सञ्चालन हुने
ncell

काठमाडौं ।  फिफा विश्वकप फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकप सन् २०२६ को लोगो सार्वजनिक गरेका छन् ।

५३ वर्षीय इन्फान्तिनोले एक समारोहका बीच लोगो अनावरण गरेका हुन् । कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति थियो भने केहि रेकर्डेड प्रस्तुतिहरु पनि देखाइएको थियो । ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा तीन वर्षपछि हुने विश्वकपको फाइनल मितिसमेत घोषणा गरिएको छ । फाइनल खेल सन् १९ जुलाई, सन् २०२६ आइतबार हुनेछ ।

विश्वकपमा छनोट भएका सबै टिमहरुले आफ्नो टिम घोषणा गर्ने अन्तिम समयसीमा २५ मे, सन् २०२६ हुनेछ ।पहिलोपल्ट फिफाले विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपको १६ खेलस्थल पनि सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले यो प्रतिष्ठित एक महिने प्रतियोगिताको आयोजना गर्नेछन् । विश्वकपका खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?