National life

रुसद्वारा अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ पुस २०८०, शनिबार
632Shares
रुसद्वारा अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
ncell

कीएभ । युक्रेनसँगको युद्ध सुरु भए यता रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । रुसले शुक्रबार बिहानैदेखि कीएभ, ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गर्दा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

रसियाले आफ्नो भण्डारमा भएका लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेर घरहरू र प्रसूति अस्पताललाई लक्ष्य बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेनको वायुसेनाले एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हालका महिनाहरूमा कीएभको हवाई प्रतिरक्षामा ठुलो सुधार भएको छ, तर शुक्रबार तिनीहरूले पनि काम गर्न सकेनन्। वायुसेनाका प्रवक्ताले भने, ‘रुसले हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेको छ, जसमा एक्स (२२ प्रकार पनि छ, जसलाई रोक्न गाह्रो छ। हामीले एकै पटक यति धेरै मिसाइलहरू प्रहार गरेको देखेका थिएनौँ,’ उनले थपे। वायुसेनाले १५८ मध्ये ११४ क्षेप्यास्त्र र ड्रोनहरू खसालेको बताएको छ। एजेन्सी

 

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?