National life

१ लाख ८३ हजार रुपैयाँमा बिक्यो गोलो आकारको अण्डा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
853Shares
१ लाख ८३ हजार रुपैयाँमा बिक्यो गोलो आकारको अण्डा
ncell

काठमाडौँ । अष्ट्रेलियामा गोलो आकारको अण्डा भेटिएको छ । अष्ट्रेलियाको एक सुपरमार्केटमा गोलो आकारको अण्डा भेटिएको हाे ।

एक महिलाले फिसरम्यान बेन्डको बुलवर्थ सुपरमार्केटमा किनेको अण्डाको क्यारेटमा एक गोलाकार अण्डा भेटिएको हो । अण्डा भेटिएपछि उनले उक्त अण्डासहितको भिडि‌ओ इन्स्टाग्राममा राखिन् र गुगलमा खोजेर हेर्दा यस प्रकारको अण्डा भेटिनु एकदमै दुर्लभ भएकाे उनले थाहा पाइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्स्टाग्राममा उक्त भिडि‌ओ हालसम्म २ लाख जनाले हेरिसकेका छन् । अण्डा गोलो हुने सम्भावना १ अर्ब अण्डामा एउटा मात्रै हुन्छ ।

भेटिएको उक्त गोलो आकारको अण्डा पछि १४ सय अमेरिकी डलर (नेपाली करिब रु १ लाख ८३ हजार ६०० रुपैयाँ)मा बिक्री भएको छ।

यो समाचार शेयर गर्नुहोस्
853SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?