National life

पिओएस मेशिन दुरुपयोग गरी १ करोड ५८ लाख ठगी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
1.3kShares
पिओएस मेशिन दुरुपयोग गरी १ करोड ५८ लाख ठगी
ncell

काठमाडौं । काठमाडौंको ठमेलमा थान्का र मुर्तीलगायतको कारोबार गर्ने किसनराज सिंह बैंकिङ कसुर मुद्दामा थुनामा छन् । पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन मार्फत बैंकको रकम अपचलन गरेको मुद्दामा उनी थुनामा परेका हुन् ।

नेपाल एसबिआई बैंकबाट अनधिकृत रुपमा पिओएस मेशिनमार्फत रकम अपचलन गरेको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको हो ।

उच्च अदालत पाटनले तोकेको धरौटी तिर्न नसकेपछि किसन राजलाई थुनामा पठाइएको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

किसन राज सिंहले नेपाल एसबिआई बैंकको ठमेल शाखाबाट बैंकिङ कारोबार गर्नका लागि पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन लिएका थिए । बैंकले धेरै रकम कारोबार गर्नेहरुलाई त्यस्तो मेशिन उपलब्ध गराउँछ । तर, सिंहले रकम अपचलन गर्नकै लागि मेशिन लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार, मेशिन लिएको १८ दिनमा नै किसन राज सिंहले १ करोड ५८ लाख ८१ हजार ६३६ रुपैयाँ नगद अनधिकृत रुपमा निकालेको भेटिएको छ ।

किसनराजले संचालन गरेको ड्रागन इन्भेष्टमेन्ट प्रालिको नाममा बैंकले पिओएस मेशिन जारी गरेको थियो । ड्रागन इन्भेष्टमेन्ट प्रालिमा एकजना विदेशी नागरिकले सामान खरिद गर्छन् ।

विदेशी नागरिकबाट लिएको मास्टर कार्ड र भिजा कार्ड मार्फत किशनराजले रकम निकाल्छन् । कार्डको विवरणमा कैफियत देखिएपछि भिजा र मास्टर कार्ड नेटवर्कले रिसल्भका लागि कागजात मागेर भेरिफाई गरेको थियो । तर, ग्राहकको पहिचान फर्जि देखिएपछि नोस्ट्रो एकाउन्टबाट मास्टर र भिजा कार्ड इस्यु गर्ने बैंकमा विदेशी नागरिकरको रकम फिर्ता गरिएको थियो ।

मास्टर कार्डमा ७० र भिजा कार्ड नेटवर्कमा कुल ९४ वटा कैफियत देखिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । फर्जी कारोबार गरेको पुष्टि भएपछि नेपाल एसबिआई बैंकको नोस्ट्रो एकाउन्ट बाट रकम सम्बन्धति बैंकमा फिर्ता गरिएको थियो । तर, एसबिआई बैंकको डिपोजिटबाट गएको सो रकम किसन राजले फिर्ता गर्न मानेनन् ।

त्यसपछि बैंकले उनीविरुद्ध सिआईबीमा जाहेरी दिएको थियो । बैंकको जाहेरीपछि सिंहलाई २०८० भदौ २७ मा पक्राउ गरकाे हाे ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?