National life

सशस्त्र प्रहरीद्वारा करिब ८ लाखको इलेक्ट्रोनिक्स सामान बरामद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०५ असोज २०८०, शुक्रबार
705Shares
सशस्त्र प्रहरीद्वारा करिब ८ लाखको इलेक्ट्रोनिक्स सामान बरामद
ncell

काठमाडौँ । रौतहटमा करिब ८ लाखको इलेक्ट्रोनिक्स सामान बरामद गरिएकाे छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरबाट सशस्त्र प्रहरीले करिब ७ लाख ८० हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान बरामद गरेको हाे ।

गौरबाट चपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३००१ ख ०१२३ र प्रदेश २–०१००६ ख ५४३४ नम्बरको यात्रुवाहक बसको डिकीमा लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको ३ हजार ६ सय ५५ थान एलइडी वाच र ४ सय ९० थान एलइडी लाइटको बिलविजक नभएको पाइएपछि सुरक्षा वेश सन्तपुरले बरामद गरेको हो ।

उक्त बरामद सामान गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?