National life

सोलारबत्ती जडानमा घुस लिएकाे आराेपमा गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ भदौ २०८०, मङ्गलबार
545Shares
सोलारबत्ती जडानमा घुस लिएकाे आराेपमा गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल टेकबहादुर नारायण यादवसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हाे ।

आयोगले सोलार बत्ती जडान लगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगले गरेको प्रारम्भिक छानबिनपछि मुद्दा दायर गरेकाे हाे ।

सोलार बत्ती जडान कार्य लगायतका आयोजनाहरुको कार्य सम्पन्न पश्चात गाउँपालिकाबाट रकम भुक्तानी गर्दा गाउँपालिका अध्यक्ष यादव, लेखापाल टेकनारायण र एमआइएस अपरेटर विरेन्द्रकुमार यादवसमेतको मिलेमतोमा सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोगका अनुसार लेखापाल टेकनारायण र एमआईएस अपरेटर विरेन्द्रलाई सेवाग्राहीसँग नगद दुई लाख रुपैयाँ घुस लिइसकेको र तीन लाख रुपैयाँको चेकसहित गत साउन ३१ गते नियन्त्रणमा लिइएको थियो ।

तीनै जनाविरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवानासहित सजायको मागदाबी गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?