National life

बिचौलियामाथि प्रहरीको कारबाही, यातायात कार्यालयबाट ६ जना समातिए

सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिने र छिटो काम गरिदिने भन्दै बिचौलियाको भूमिका निभाएको आरोप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
984Shares
बिचौलियामाथि प्रहरीको कारबाही, यातायात कार्यालयबाट ६ जना समातिए
ncell

काठमाडौं । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरबाट प्रहरीले ६ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चन्द्रागिरि–५ का २७ वर्षीय रन्जित महर्जन, गोकर्णेश्वर–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि–५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङ सिद्धलेक–१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरि–६ का २५ वर्षीय सविन तामाङ रहेका छन्।

सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिने र छिटो काम गरिदिने भन्दै बिचौलियाको भूमिका निभाएको आरोप उनीहरूमाथि लागेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त थानकोटको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
984SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?