काठमाडौं । झापामा एक वडाअध्यक्ष घुस लिदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली घुस लिदै गर्दा पक्राउ परेका हुन् । ओलीलाई बिर्तामोडस्थित एक कम्प्लेक्स अगाडि ८० हजार रुपैयाँ घुस रकम लिँदै गर्दा आज दिउँसो स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम खुलेको छ । वडाध्यक्ष ओली अहिले इलाका प्रहरी कार्यालय अनारमणिको नियन्त्रणमा रहेका छन् ।


































