काठमाडौँ । झापाको भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी सर्वेक्षक देवनारायण ठाकुर, सुवासचन्द्र यादव र विचौलियोका काम गर्ने भन्दै उमेश यादवविरुद्ध आयोगले आज शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ठाकुर र यादवले आपसी मिलोमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गराउन घुस मागेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
उनीहरुमाथी जग्गाको कित्ताकाट गरेवापत सेवाग्राहीसँग चेक र नगदसहित एक लाख २५ हजार घुस लिएको आरोप छ।
आयोगको इटहरीस्थित कार्यालय इटहरीबाट खटिएकोे टोलीले गत असोज २९ मा सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई सेवाग्राहीबाट नगद रु.७० हजार र ५५ हजार बराबरको चेक बरामद गरेको थियो ।


































