National life

सिटिजन लाइफको नयाँ बोनसदर घोषणा,अधिकतम ८० रुपैयाँ बोनस पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
812Shares
सिटिजन लाइफको नयाँ बोनसदर घोषणा,अधिकतम ८० रुपैयाँ बोनस पाउने
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ का लागि बोनसदर निर्धारण गरेको छ। कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा बीमाअवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ।

कम्पनीले अर्को बीमा योजना वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै,कमपनीले सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँम्म र सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख ९सिटिजन जीवन सारथी योजना० बीमालेखमा बीमा अवधिअनुसार बीमितलाई कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रतिहजार प्रतिवर्षका दरले बोनस दिने निर्णय गरको छ।

यी माथिका बोनसदर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा लागू हुनुका साथै अर्को बीमाङ्कीय प्रतिवेदन बमोजिम बोनसदर सार्वजनिक नभएसम्म यही बोनसदर लागू हुने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
812SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?