काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद् भवन नयाँ बानेश्वरस्थित महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गरेका छन् ।
उनीले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग सहित कार्यकक्ष घेराउ गरेका हुन् । उनीहरूले ११ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।
कर्मचारीहरूले आन्दोलनका क्रममा हातमा कालो पट्टीसमेत बाँधेर विरोध जनाएका थिए ।
उनीहरूले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरू थप गर्न माग गर्दै उनीहरूले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।
संसद् सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको सयमय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधाको सुनिश्चितता हुनुपर्ने माग गरे । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।


































