National life

बजेटको सबै तयारी पूरा, स्थानाभावका कारण उच्च अधिकारी र कूटनीतिज्ञलाई आमन्त्रण गरिएन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
952Shares
बजेटको सबै तयारी पूरा, स्थानाभावका कारण उच्च अधिकारी र कूटनीतिज्ञलाई आमन्त्रण गरिएन
ncell

काठमाडौं । संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न हुने संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बैठक शुक्रबार दिउँसो ४ बजे सिंहदरबारस्थित नयाँ तथा निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बस्नेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रतिनिधिसभा निर्वाचनपछिको यो पहिलो बजेट प्रस्तुतीका रूपमा बैठकलाई हेरिएको छ।

संसद् सचिवालयका अनुसार हाल भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएकाले प्रतिनिधिसभा कक्षको सट्टा बहुउद्देश्यीय हलमा संयुक्त बैठक आयोजना गर्न लागिएको हो। सचिवालयले सांसदहरूलाई निर्धारित समयभन्दा अघि नै स्थान ग्रहण गर्न समेत अनुरोध गरेको छ।

स्थान सीमित भएकाले यसपटकको बजेट प्रस्तुती कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी, उच्च सरकारी अधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको संसद् सचिवालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
952SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?