National life

अतिरिक्त कामको सेवा व्यवस्था गर्न माग सहित संसद महासचिवको कार्यकक्ष घेराउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
650Shares
अतिरिक्त कामको सेवा व्यवस्था गर्न माग सहित संसद महासचिवको कार्यकक्ष घेराउ
ncell

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद् भवन नयाँ बानेश्वरस्थित  महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गरेका छन् ।

उनीले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग सहित कार्यकक्ष घेराउ गरेका हुन् । उनीहरूले ११ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

कर्मचारीहरूले आन्दोलनका क्रममा हातमा कालो पट्टीसमेत बाँधेर विरोध जनाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरू थप गर्न माग गर्दै उनीहरूले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

संसद् सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको सयमय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधाको सुनिश्चितता हुनुपर्ने माग गरे । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?