National life

असार १९ गते धौलागिरी र खप्तड लघुवित्तको कारोबार बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
543Shares
असार १९ गते धौलागिरी र खप्तड लघुवित्तको कारोबार बन्द हुने
ncell

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कारोबार भोलि बन्द हुने भएकाे छ । एकिकृत कारोबारको तयारी स्वरुप असार १९ गते एक दिन दुबै कम्पनीको वित्तीय कारोबार बन्द हुने जनाएका छन् ।

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकिकृत कारोबार गर्दैछन् । गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महिनाभित्र एकिकृत कारोबार शुरु गर्न लागेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुई कम्पनी एक भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन । मर्जरपछि बनेको कम्पनीको केन्द्रिय कार्यालय गण्डकी प्रदेश बाग्लुङ जिल्ला , बाग्लुङ नगरपालिका वडा नम्बर २ बाग्लुङमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?