National life

आईसीसी टी-२० विश्वकप : दोस्रो खेलमा पनि विजयी हुँदै नेपाल सेमिफाइनलमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ कात्तिक २०८०, मङ्गलबार
686Shares
आईसीसी टी-२० विश्वकप : दोस्रो खेलमा पनि विजयी हुँदै नेपाल सेमिफाइनलमा
ncell

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप एशिया क्वालिफायर अन्तर्गत दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ। मलेशिया विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो।

जितसँगै समूहगत चरणको अन्तिम खेलअगावै नेपाल र ओमान प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । ओमानले पनि जारी प्रतियोगितामा लगातार दुई जित हासिल गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मलेशियाले दिएको १६६ रनको लक्ष्य नेपालले दुई ओभर बाँकी छँदै चार विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा ब्याटर कुशल मल्लले विस्फोटक पारी खेले। उनले ३४ बलमा ६५ रन बनाए। यस्तै, ओपनर ब्याटरद्वय कुशल भुर्तेलले २५ बलमा ४३ रन बनाए भने आशिफ शेखले २३ बलमा ३२ रन बनाए। कप्तान रोहित पौडेलले भने आठ बलमा दुई रन मात्र बनाए। सन्दीप जोराले १६ बलमा १८ रन बनाउँदा विवेक यादवले दुई बलमा दुई रन बनाए।

बलिङतर्फ मलेशियाका अमीर अजिमले तीन विकेट लिए भने पवनदीप सिंहले एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेशियाका लागि सयद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए भने जुवैदी जुल्किफ्लीले २४ रन बनाएका थिए। अरू ब्याटरले उल्लेखनीय रन बनाउन सकेका थिएनन्।

बलिङतर्फ नेपालका लागि अविनाश बोहोराले चार विकेट लिएका थिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक विकेट लिएका थिए।

यसअघि नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?