National life

आईसीसी टी-२० विश्वकप छनोट : सिंगापुरलाई आठ विकेटले हराउँदै नेपालको विजयी शुरूआत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
653Shares
आईसीसी टी-२० विश्वकप छनोट : सिंगापुरलाई आठ विकेटले हराउँदै नेपालको विजयी शुरूआत
ncell

काठमाडाैं । आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार बिहान सिंगापुरलाई आठ विकेटले हराउँदै विश्वकप छनोटमा नेपालले विजयी शुरूआत गरेको हो ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाललाई जीत दिलाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । ४७ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे ।

आशिफ शेखले २७ रन बनाए । २५ बल खेलेका उनले दुई चौका र एक छक्का हाने ।

यस्तै कप्तान रोहित पौडेलले ३५ रन बनाए । २४ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रनको योगदान गरे। यस्तै आर्यावीर चौधरीले ३९, मनप्रित सिंहले २० रन बनाए ।

नेपालका लागि अविनाश बोहराले ​सर्वाधिक तीन विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले दुई/दुई विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए ।

 

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?