National life

टी–२० विश्वकप छनोट : सिंगापुरले दियो नेपाललाई १४६ रनको विजयी लक्ष्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
561Shares
टी–२० विश्वकप छनोट : सिंगापुरले दियो नेपाललाई १४६ रनको विजयी लक्ष्य
ncell

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको विजयी लय प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको हो ।

उसका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । ३० बल सामना गरेका उनले ९ चौका र एक छक्का हिर्काउँदै ४६ रन बनाएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै आर्यावीर चौधरीले ४२ रन थपेको खेलमा ६ चौका हिर्काए । त्यस्तै मनप्रित सिंहले २०, अक्षय रुपक पुरीले १३, र जनक प्रकाशले ७ रन थपे

बलिङतर्फ नेपालका अविनाश बोहराले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका बोहराले ४३ रन खर्चेर तीन विकेट लिए । भने गुलसन झा र सन्दीप लामिछानेले र करण केसीले समान दुई विकेट लिए।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?