National life

आगामी आर्थिक वर्ष२०८१/८२ को बजेट आज सार्वजनिक गरिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
455Shares
आगामी आर्थिक वर्ष२०८१/८२ को बजेट आज सार्वजनिक गरिँदै
ncell

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि आज आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । आज दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन् । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नेगरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी सवा ४ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने संघीय संसद सचिवालयले जनाएको छ । प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?