National life

इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|२० जेठ २०८३, बुधबार
2.4kShares
इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
ncell

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीचको वार्ता रोकिएको दाबी गरिएका समाचारहरू झूटो भएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले मंगलवार राति ढिलो गरी इरान र अमेरिकाबीच लगातार कुराकानी भइरहेको स्पष्ट पारेका हुन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट लेख्दै ट्रम्पले भनेका छन्, ‘केही दिनअघि इरान र अमेरिकाबीचको वार्ता बन्द भएको भन्ने समाचारहरू पूर्णतः गलत हुन्। हाम्राबीच लगातार संवाद भइरहेको छ-चार दिनअघि, तीन दिनअघि, दुई दिनअघि, एक दिनअघि र आज पनि वार्ता भएको छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि, लेबनानमा भइरहेका आक्रमणहरूका कारण वार्ता रोकेको इरानले बताएको थियो। तर, ट्रम्पको सल्लाहपछि इजरायलले लेबनानमाथिको आक्रमण रोक्ने कुरा जनाएको थियो।


यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?