National life

एमालेले भन्यो-‘सरकारले जनअपेक्षा अनुसारको बजेट ल्याउन सकेन’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१६ जेठ २०८३, शनिबार
892Shares
एमालेले भन्यो-‘सरकारले जनअपेक्षा अनुसारको बजेट ल्याउन सकेन’
ncell

काठमाडौँ । नेकपा (एमाले)ले सरकारले ल्याएको बजेट गैर जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेटका विषयमा प्रारम्भिक समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैर जिम्मेवार र हावादारी रहेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। दुई तिहाइ प्राप्त गरेको सरकारको मुलुकको रूपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा पनि सरकारले पर्याप्त ध्यान दिन नसकेको र बजेटको स्रोत सुनिश्चितता समेत भरपर्दो नरहेको उल्लेख गरे। बैठकले दुई वटै सदनको दुई तिहाइले संविधान संशोधन गर्न सकिने भाव सहितको संसद नियमावली अघि बढाउन खोजिएको भन्दै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको उनले बताए।

बैठकले जेन जेड आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनमा पार्टीको दृष्टिकोण आएपछि संसदीय दलले पनि त्यही अनुसार धारणा बनाउने निर्णय गरेको महरले बताए।

यो समाचार शेयर गर्नुहोस्
892SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?