National life

काठमाडौँमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० भदौ २०८०, बुधबार
742Shares
काठमाडौँमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै
ncell

काठमाडौँ । काठमाडौँमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदैछ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रुपमा संचालन हुँदै आएको जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको चालिसौं संस्करण भाद्र २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा संचालन हुने तय भएको हाे ।

अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित बिहीबार अमेरिकी वायु सेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम तय भएको सेनाले जनाएको छ । उक्त विमान शुक्रबार फिर्ता हुने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ ।

यसैबिच, संयुक्त अधिराज्यमा संचालन हुने प्रतिस्पर्धात्मक एक्सर्साइज कम्ब्रेन पेट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली बुधबार प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
742SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?