National life

अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुकलाई इरानको चेतावनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०३ भदौ २०८३, बुधबार
1.9kShares
अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुकलाई इरानको चेतावनी
ncell

काठमाडौं । इरानले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग सैन्य गतिविधिका लागि प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुकलाई अमेरिकाको आक्रमणमा सहभागी भएको रूपमा लिने चेतावनी दिएको छ।

इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई उपलब्ध गराइने सहयोग, सुविधा वा आफ्नो भूभागको प्रयोगलाई इरानविरुद्धको सैन्य कारबाहीमा प्रत्यक्ष संलग्नताका रूपमा बुझिने बताएका छन्। इरानी समाचार एजेन्सी मेहरका अनुसार उनले यस्तो चेतावनी दिएका हुन्।

अब्दोलाहीले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा ठूलो संख्यामा सैन्य विमान, विशेषगरी हवाई इन्धन भर्ने विमान, सम्बन्धित मुलुकको जानकारी वा सहमतिबिना तैनाथ हुन सक्ने सम्भावना न्यून रहेको दाबी गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले इरानविरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने भन्दै वक्तव्य जारी गरेका खाडी मुलुकलाई आफूहरू अवस्थाबारे पूर्ण रूपमा जानकार रहेको बताएका छन्।

उनका अनुसार अमेरिकी सैन्य गतिविधिका लागि कुनै पनि प्रकारको सहयोग वा सुविधा उपलब्ध गराउनु इरानमाथिको आक्रमणमा प्रत्यक्ष सहभागी भएको मानिनेछ। यो चेतावनी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार र तिनको सम्भावित प्रयोगलाई लक्षित रहेको देखिन्छ।

इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि जारी युद्धका कारण मध्यपूर्वमा तनाव बढेको छ। अमेरिका–इजरायलको संयुक्त हवाई हमलापछि सुरु भएको द्वन्द्वमा इरानले क्षेत्रका अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दै आएको छ।

यसैबीच अमेरिकी नौसेनाको ‘यूएसएस जर्ज वासिङ्टन’ विमानवाहक युद्धपोत पनि मध्यपूर्वमा पुनः तैनाथ गर्ने तयारी गरिएको छ। चालक दलको जीवनयापनसम्बन्धी अवस्था बिग्रिएको रिपोर्टपछि उक्त युद्धपोतलाई ‘यूएसएस अब्राहम लिंकन’को स्थानमा पठाउन लागिएको बताइएको छ।

खाडी मुलुकहरूले आफूहरू इरानविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुने बताउँदै आए पनि अमेरिकी सैन्य गतिविधि र सैन्य आधारको प्रयोगलाई लिएर तेहरानले उनीहरूमाथि दबाब बढाउँदै लगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?