National life
cg eloctronics

इरान–अमेरिका तनावका कारण तेलको मूल्य ११६ डलर नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ चैत २०८२, सोमबार
1.7kShares
इरान–अमेरिका तनावका कारण तेलको मूल्य ११६ डलर नाघ्यो
muktinatha bikash bank

काठमाडौँ। विश्व बजारमा कच्चा तेलको मूल्य पुनः तीव्र गतिमा बढ्न थालेको छ। सोमबार बिहान अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको भाउ ३ प्रतिशतभन्दा बढीले उकालो लाग्दै प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ।

यो दर मार्च १९ यताकै उच्च स्तर हो। त्यसअघि केही समयका लागि मूल्य ११९ डलरसम्म पुगेको थियो। पछिल्लो वृद्धि अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण भएको मानिएको छ। इरानले अमेरिका भू–आक्रमणको तयारीमा रहेको आरोप लगाउँदै आफू पनि त्यसको प्रतिकारका लागि तयार रहेको जनाएको छ, जसले तेल बजारमा थप अनिश्चितता सिर्जना गरेको छ। इरानी संसदका सभामुखले अमेरिकी सेना प्रवेश गरे कडा प्रतिक्रिया दिने र क्षेत्रीय साझेदारलाई समेत निशाना बनाउने चेतावनी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

सप्ताहन्ततिर द्वन्द्व अझ चर्किएको संकेत देखिएको छ। इरान समर्थित हुथी समूहले पहिलोपटक इजरायलतर्फ मिसाइल प्रहार गरेको छ भने इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य गतिविधि विस्तार गरेको छ। यसबीच, स्ट्रेट अफ हर्मुजमा अवरोध उत्पन्न भएपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो असर परेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा एलएनजी यही मार्गबाट ओसारपसार हुने भएकाले यसको अवरोधले ऊर्जा संकट गहिरिने चिन्ता बढाएको छ।

everest bank

युद्ध सुरु भएयता कच्चा तेलको मूल्य झन्डै ६० प्रतिशतले बढिसकेको छ, जसको असर विश्वभर इन्धन मूल्यमा परेको छ। धेरै देशहरूले ऊर्जा बचतका आपतकालीन उपायहरू लागू गर्न थालेका छन्। यस प्रभावले एसियाली सेयर बजारसमेत प्रभावित भएको छ। सोमबार जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी सूचक ४ प्रतिशतभन्दा बढीले घटेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ६ भित्र स्ट्रेट अफ हर्मुजमा अवरोध हटाइनसके इरानको ऊर्जा पूर्वाधारमा कडा कारबाही गर्ने चेतावनी दिएका छन्। विश्लेषकहरूका अनुसार, जहाज आवागमन पूर्ण रूपमा सामान्य नहुँदासम्म तेलको मूल्य अझै उकालो लाग्ने सम्भावना कायम छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?