National life

काठमाडौंको यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०८ जेठ २०८३, शुक्रबार
1.2kShares
काठमाडौंको यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा आज दिउँसो पाँच घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणका अनुसार हाल शंखमूल फिडर अन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्धारित समयमा काम सम्पन्न भए विद्युत् सेवा तत्काल पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। मौसम प्रतिकूल भएमा भने कार्य तालिका प्रभावित हुन सक्ने उल्लेख गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?