काठमाडौँ । कोशी सरकार गठनविरुद्धको रिट आज आइतबारका दिन पनि हेर्न नमिल्नेमा परेको छ।
सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको रिटमा सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेल तोकिएका थिए।
न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेका थिए।































