National life

चाडपर्वको बेला गाउँमा नै रमाइलो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०६ कात्तिक २०८०, सोमबार
691Shares
चाडपर्वको बेला गाउँमा नै रमाइलो
ncell

दमौली । तनहुँ व्यास नगरपालिका–३ निवासी डा. विनय शाह दसैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए । फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन् ।

“ हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैं मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा शाहको परिवार दसैं मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्य ठाउँमा रहेका आफन्तहरु पनि दसैँ मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ । उनले भने, “दसैंका बेला सबै आफन्तहरु गाउँमा भेट हुन्छौ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ ।”

दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै गए । “दसैं गाउँमा रमाइलो हुन्छ, दसैं सकाएर पुनः काममा फर्किन्छु,” उनले भने ।

दसैंका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ । बजार क्षेत्रका मानिसहरु दसैं मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो ।

दमौलीमा पसल सञ्चालन गर्र्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दसैं मनाउन गाउँ हिँडेपछि यतिबेला दमौली बजार सुनसान छ । अन्य समयमा यातायातको चाप रहने यहाँ दसैंंको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ । यहाँका धेरैजसो पसलहरु बन्द भएका छन् ।

मुख्य व्यापारिक केन्द्रहरु दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दसैंले प्रभाव पारेको छ । सर्वसाधारण दसैंंका लागि किनमेल गरेर दसैंं मनाउन ब्यस्त छन् । शुक्रबारसम्म बजारका पसलहरुमा राम्रो व्यापार भएपनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए । उनले भने, “शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारदेखि व्यापार व्यवसाय घटेको छ ।”

जिल्लाका ग्रामीण भेगहरुमा भने दसैंंको उल्लासमय वातावरण रहेको छ । विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैंको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन् ।

अन्य समयमा आ–आफ्नो काममा व्यस्त रहने आफन्तहरुको भेटघाटले ग्रामीण भेगहरुमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए । उनले भने, “वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाई चाडपर्वको बेला गाउँमा भेट हुन्छन् ।”

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?